विसाक्त मदिरा सेवनबाट २२ जानको मृत्यु

भारतको बिहारमा विषाक्त रक्सी सेवनबाट २२ जनाको मृत्यु भएको छ।

बिहारको मोतिहारीमा विषाक्त रक्सी सेवनबाट २२ जनाको ज्यान गएको बिहार प्रहरीले जनाएको छ। बिसाक्त मदिरा सेवनबाट २९ जना बिरामी परेको र ति मध्ये ४ जनाको अवस्था गम्भीर रहेको पुलिस अधीक्षक कान्तेश कुमार मिश्राले बताएका छन्।

प्रहरीले ७६ जनालाई पक्राउ गरेको छ भने ६ हजार १ सय १० लिटर मदिरा र ६६ लिटर स्प्रिट पनि बरामद गरेको छ। बिहारमा रक्सी सेवनमा प्रतिबन्ध लगाइएको छ।

समाज