लुम्बिनी प्रदेशसभाको बैठक ११ वैशाखमा बस्दै

दाङ : लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको नवौँ बैठक वैशाख ११ गते बस्ने भएको छ।

लुम्बिनी प्रदेशसभाले सूचना जारी गर्दै सभामुखको निर्देशानुसार वैशाख ११ गते सोमबार दिउँसो ११ बजे बस्ने जनाएको छ।

प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको सूचनामा उल्लेख छ। यस्तै, प्रदेशसभाको सातौँ बैठक चैत २० गते र आठौँ चैत २१ गते बसेको थियो।

प्रदेश समाचार राजनीति लुम्बिनी प्रदेश