काठमाडौंको टोखा नगरपालिकामा आज सार्वजनिक बिदा

टोखा नगरपालिकाले बिस्केट जात्राका अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ।

बिस्केट जात्राको उपलक्ष्यमा टोखा नगरपालिकाभित्रका वडा कार्यालय तथा स्वास्थ्य संस्था, विद्यालय बन्द रहने नगरपालिका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए।

सामाजिक सद्भावका साथ मनाइने टोखाको बिस्केट जात्रामा विशेष खटमा सजाइएका गणेश, कुमारी, सपनतीर्थ, मसानकाली र चण्डेश्वरी लगायत देवीदेवतालाई नारायण पोखरीमा स्नान गराइन्छ।

वैशाख १ गते सुरु भएको बिस्केट जात्राको आज अन्तिम दिन हो।

समाज