बागमतीको केही स्थानमा हल्का वर्षाको सम्भावना

हेटौंडा । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
हाल सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागहरुको मौसम समान्यतया सफा रहेको छ ।
बुधबार दिउँसो देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। सुदूर पश्चिम र लुम्बिनी प्रदेशहरुका तराईका केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका केही भू-भागहरुमा तुवाँलोको संभावना रहेको छ ।
राती देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी  भू-भागमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

समाज