रवि लामिछाने फराकिलो मतान्तरले विजयी

चितवन । चितवन २ को उपनिर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फराकिलो मतान्तरले विजयी भएका छन् ।

मंगलबार सम्पन्न मतगणनामा लामिछाने ४३ हजार २५ मतान्तरले विजयी भएका हुन् ।

अन्तिम मत परिणाम अनुसार रवि लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ११ हजार २५१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत प्राप्त गरेका छन् ।

मुख्य समाचार राजनीति