काबुल विमानस्थल विस्फोटका योजनाकार मारिएको दाबी

सन् २०२१ मा काबुल विमानस्थलमा भएको विस्फोटको जिम्मेवार ठानिएका इस्लामिक स्टेट (आईएस) कमाण्डर मारिएका छन्।

काबुल विमानस्थलमा भएको आक्रमणको प्रमुख योजनाकार तालिबानको कारबाहीमा मारिएको बिबिसीले जनाएको छ। ती मुख्य योजनाकार को थिए भन्ने पहिचान भने खुलाइएको छ।

तालिवानको कारबाहीमा केही दिन अगाडि उनी मारिएको भएपनि यसको पुष्टि हुन भने समय लागेको थियो।

सन् २०२१ अगस्टमा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएको थियो। तालिबानले सत्ता कब्जा गरेपछि त्यसबेला अफगानिस्तान छाड्नेहरुको काबुल विमानस्थलमा ठूलो भिड लागेको थियो। त्यसैबेला काबुल विमानस्थलमा आक्रमण भएको थियो। उक्त घटनामा १०७ सर्वसाधारण तथा १३ अमेरिकी सैनिकको मृत्यु भएको थियो।

अमेरिकी अधिकारीले आईएसका कमान्डरको मृत्यु केही हप्ता अघि भएको तर उनको मृत्युको पुष्टि गर्न समय लागेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

गोप्य सूचना तथा उनीमाथिको निगरानीको आधारमा आईएसका कमान्डरको मृत्यु भइसकेको विश्वस्त जानकारी प्राप्त भएको अमेरिकी अधिकारीको दाबी छ। 

 यद्यपि, उनी कसरी मारिए भन्ने अझैसम्म खुल्न सकेको छैन। तालिबानले ती कमान्डरलाई लक्षित गरी गरेको कारबाहीमा मारिएका हुन् कि तालिबान र आईएसबीच जारी मुठभेडमा भन्ने खुलेको छैन।

अन्तराष्ट्रिय