प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

। प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने भएको हो ।
बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् । प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार विशेष समिति गठन गर्नका लागि सांसद ईश्वरीदेवी न्यौपानेले प्रस्ताव पेस गर्ने र सांसद  रघुजी पन्तले समर्थन गर्ने कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ माथिको दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
प्रस्तावलाई आजै निर्णयार्थ प्रस्तुत गरी आजै पारित गरिने छ ।

राजनीति