लुम्बिनीमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखबाट आह्वान

दाङ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले आह्वान गरेका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई आह्वान गरेका हुन् । उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न वैशाख १४ गतेसम्मको समय दिएका छन् ।
लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता लिला गिरी नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनको लागि आह्वान गरिएको हो ।

राजनीति