राष्ट्रियसभाले गर्‍यो संसदीय सुनुवाइ समितिमा सदस्यहरूको मनोनयन

: राष्ट्रियसभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरूको मनोनयन गरेको छ। राष्ट्रियसभाको बुधवार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रियसभा सदस्यहरूलाई मनोनयन गरेको हो।

समितिमा राष्ट्रियसभा सदस्यहरू जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजंग रायमाझी रहेका छन्। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा यी तीन सदस्यहरूलाई मनोनयन गरेको जानकारी बैठकमा गराएका थिए भने बैठकले सर्वसम्मत रूपमा सहमति जनाएको थियो।

राजनीति