संसदमा गृहमन्त्रीको जवाफ: अध्यक्ष ओलीमाथि आक्रमणको प्रयास गर्ने एकजना पक्राउ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथिको आक्रमणका बारेमा संसदमा जानकारी गराएका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा श्रेष्ठले अध्यक्ष ओलीमाथि आक्रमण हुनु दुःखद भएको भन्दै एकजनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

पक्राउ गर्ने क्रममा दुई जना प्रहरीसमेत घाइते भएका छन् । शान्तिपूर्ण रुपमा आफ्नो विचार राख्न र जनमत निर्माण गर्ने कामलाई सरकार सम्मान गर्ने तर गैरसंवैधानिक गतिविधि गर्ने, शान्तिपूर्ण गतिविधिका सट्टा अराजक गतिविधि गर्ने, कुनैपनि नेता, कार्यकर्ता वा नागरिकको शान्तिपूर्ण आवतजावत भेला कार्यक्रमलाई अवरोध उत्पन्न गर्ने कुरालाई सरकारले छुट नदिने पनि श्रेष्ठले बताएका छन् ।

श्रेष्ठले अध्यक्ष ओली झापाको कार्यक्रम सकेर इलाम आएका पनि जानकारी गराए । बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले अध्यक्ष ओलीमाथि भएको आक्रमणबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए ।

मुख्य समाचार राजनीति