राष्ट्रियसभामा विषयगत समिति सदस्यको नाम हेरफेर गरिने

 राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने भएको हो ।
बैठकमा विषयगत समितिका सदस्यको नाम हेरफेर गरिने कार्यसूची छ । त्यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातिले ‘प्रतिलिपी अधिकार (पहिलो संशोधन) विधेयक २०७६’ फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

राजनीति