हेटौंडाको भवन कार्यालयमा ठेकेदारसंग मिलेर ८६ लाख झ्वाम

हेटौंडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको शहरी विकास तथा भवन कार्यालय हेटौंडाले ठेकेदारसंग मिलेर लाखौ रकम हिनामिना गरेको तथ्य सार्वजनिक भएको छ । बितेको आर्थिक वर्षमा भवन कार्यालयले दुइ वटा योजना निर्माणका क्रममा ठेक्कामा कबोल गरेभन्दा बढी रकम निकासा गरेको महालेखा परिक्षकको कार्यालयले हालसालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यालयले संझौता गरेको दुइ वटा योजनाका लागि ३० करोड ७१ लाख ९३ हजार रुपैयाँ कबोल गरेकोमा ८६ लाख ४० हजार रुपैयाँ बडी रकम संझौता गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

शहरी विकास कार्यालयका प्रमुख र अरु प्राविधिक कर्मचारी समेतको मिलेमतोमा निर्माण कम्पनिले कबोल गरेको भन्दा बढी रकम अर्थात ३१ करोड ५८ लाख ३४ हजार रुपैयाँ बराबरको संझौता मिलेमतोमा गरेको पाइएको हो । कार्यालयले कबोल गरेको भन्दा बढी रकममा संझौता गर्न नमिल्ने कानूनी व्यावस्थाको धज्जी उढाउँदै ठेकेदारसंगको सेटिङमा ८६ लाख रुपैयाँ बन्दा बढी रकममा कार्यालयले संझौता गरेको हो ।

महालेखाको प्रतिवेदन यस्तो छ ।

राजनीति