सरकारलाई लिङदेन सुझाव : अयोग्य लडाकुलाई रकम होइन सिप दिउँ !

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्व लडाकुलाई पैसा दिने निर्णयको विरोध गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत अध्यक्ष लिङदेनले यस्तो बेला राष्ट्रपतिको अस्वाभाविक र महंगो वैदेशिक उपचार यात्रा, अयोग्य लडाकुका नाममा अर्बौं वितरणको तयारीले सत्ताको चरम दुरूपयोग भएको बताएका हुन्। उनले अयोग्य लडाकुलाई रकम होइन सिप दिन पनि सरकारलाई सुझाव दिएका छन्।

‘निर्माण व्यवसायीहरूलाई साठी अरब भुक्तानी दिन बाँकी छ,विकास आयोजनाहरूको गति सुस्त छ,ऋणबाट चालू खर्च धान्नुपर्ने अवस्था छ,’ उनले भनेका छन्, ‘यस्तो बेला राष्ट्रपतिको अस्वाभाविक र महंगो वैदेशिक उपचार यात्रा, अयोग्य लडाकुका नाममा अर्बौं वितरणको तयारी सत्ताको चरम दुरूपयोग हो। अयोग्यलाई रकम होइन सिप दिउँ।’

निर्माण व्यवसायीहरुलाई साठी अरब भुक्तानी दिन बाँकीछ,विकास आयोजनाहरुको गति सुस्त छ,ऋणबाट चालू खर्च धान्नुपर्ने अवस्था छ।
यस्तो बेला राष्ट्रपतिको अस्वाभाविक र महंगो बैदेशिक उपचार यात्रा, अयोग्य लडाकुका नाममा अरबौं वितरणको तयारी सत्ताको चरम दुरुपयोग हो। अयोग्यलाई रकम होइन सिप दिउँ।

राजनीति