किशोरीका लागि ‘रोजगार पूर्वतयारी तालिम’ आयोजना गर्दै क्यान

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले किशोरी तथा महिलाका लागि लक्षित गर्दै रोजगार पूर्वतयारी तालिम आयोजना गर्ने भएको छ।

इन्टरनेशनल गर्ल्स ईन आईसीटी डे २०२३ का अवसरमा महासंघले वैशाख १९ देखि चार दिनसम्म सञ्चालन हुने गरी उक्त तालिम आयोजना गर्न लागेको हो।

यसअन्तर्गत महिलालाई रोजगारीमा जानुअघि गर्नुपर्ने पूर्वतयारीका विविध विषयमा प्रशिक्षण दिइने महासंघकी उपाध्यक्ष एवं कार्यक्रमकी संयोजक सरिता सिंहले जानकारी दिइन्।

उक्त अवसरमा कर्पोरेट कल्चर, अफिस इक्विपमेन्ट ह्यान्डलिङ, इमेल र पत्र लेखन, व्यक्तित्व विकास, समय व्यवस्थापन, तनाव व्यवस्थापन, आईसीटी सम्बन्धी सीपहरू, नेतृत्व कला, सामूहिक कार्य, करियर चयन, अन्तरवार्ता प्रक्रिया आदि विषयमा सहभागीलाई तालिम दिइने सिंहले जानकारी दिइन्।

१२ उत्तीर्ण किशोरी वा महिला यो तालिममा सहभागी हुन सक्नेछन्। तालिममा सहभागी हुन https://training.can.org.np/ अनलाइनबाटै नाम दर्ता गराउन सकिन्छ।

https://drive.google.com/file/d/1w_n9Xu04soypEAXtu9FBR-qTimNjoXDp/preview

समाचार