घण्टीको सामना गर्न राप्रपा सक्षम छ : पशुपतिशमशेर जबरा

 राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न आफ्नाे पार्टी तयार रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाण्डाैमा आयोजित बाग्मती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै सांसद जबराले गएकाे चुनाव चुनाव र उपचुनावमा पनि घण्टी बजेको भन्दै घण्टीको सामना गर्न राप्रपा सक्षम रहेको दाबी गर्नुभयो । उहाँले संसद् भद्रगोल रहेको र जुनकुनै अवस्थामा जे पनि हुनसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले पहिले नै यो पालिको संसद् बडो डामाडोलपूर्ण अवस्थाको छ, जे पनि हुनसक्छ भनेको थिएँ, आज देखिएको छ । त्यो असजिलो हाम्रो सामु छ, त्यसलाई हामीले सामना गर्न सक्नुपर्छ । घण्टी बजेको छ, चुनावमा पनि बज्यो, उपचुनावमा पनि बज्यो, त्यो परिस्थिति सामना गर्न राप्रपा सामर्थ्यवान् छ ।’

सांसद जबराले देशमा अफ्ठ्यारो पर्दा आड दिने पार्टी राप्रपाबाहेक अर्को नरहेको जिकिर गर्नुभयो ।

राजनीति