एसीसी प्रिमियर कप : कुवेतले ओमानलाई  दियो १ सय ३१ रनको लक्ष्य

 एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानको लागि कुवेतले ओमानलाई १ सय ३१ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेत ३१ ओभर ३ बलमा १ सय ३० रनमा अलआउट भयो । उसका लागि अदान इद्रिसले सर्वाधिक ३४ रन बनाए । बलिङतर्फ ओमानका जय ओदेद्राले ५ विकेट लिए । 

कुवेत नेपालसँगको खेल वर्षाका कारण रद्द भएपछि र ओमान यूएईसँग हारेपछि तेस्रो स्थानका लागि खेलिरहेका हुन् । नेपाल र यूएई फाइनलमा पुगेका छन् । फाइनल खेल भोलि हुनेछ । भोलि वर्षा भएमा खेल पर्सि हुनेछ । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ ।

शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । 

खेलकुद