ओखलढुङ्गामा चट्याङ लागेर एक महिलाको ज्यान गयाे

ओखलढुङ्गा – ओखलढुङ्गामा शनिवार दिउँसाे चट्याङ लागेर गम्भीर घाइते भएकी महिलाकाे ज्यान गएकाे छ । 

चट्याङ लागेर खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको ज्यान गएकाे हाे । 

घरभित्रै बसिरहेका बेला उहाँलाई चट्याङ लागेको थियो ।

बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

समाज