मकवानपुर घर जग्गा व्यवसायी संघमा नयाँ नेतृत्व

हेटौंडा । मकवानपुर घर जग्गा व्यवसायी संघको चौथो साधारण सभा एंव दोश्रो अधिवेशनबाट अध्यक्षमा कमल मैनाली सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न भएको अधिवेशनले मैनालीको अध्यक्षतामा १३ जनाको नयाँ कार्य समिति चयन भएको हो ।

संघको उपाध्यक्षमा राजकुमार बानियाँ, भीम प्रसाद तिमल्सीना, युवाकर मैनाली, महासचिवमा शम्भु पुडासैनी, सचिवमा विजय गौतम, कोषाध्यक्षमा कृष्ण प्रसाद चौलागाई र सहकोषाध्यक्ष दीपेन्द्र यादव चयन भएका छन् ।

यस्तै संघको सदस्यहरुमा गणेश भ्लोन, गोपाल कृष्ण नेपाल, राजकुमार बास्तोला, राजकुमार थिङ, शंकर राउत चयन भएको निर्वाचन अधिकृत ईश्वर राज ढकालले बताउनु भयो । नयाँ कार्य समितिलाई निवर्तमान अध्यक्ष विष्णु प्रसाद घिमिरे र निर्वाचन अधिकृत ढकाल लगाएतले माला खादा लगाएर शुभकामना दिनु भएको थियो ।

समाज