बागमतीको आन्तरिक मामिला मन्त्रालयद्वारा एक करोड ६७ लाख क्षेत्राधिकार बाहिरको खर्च

हेटौंडा । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा एक करोड ६७ लाख ९३ हजार रुपैयाँ क्षेत्राधिकार बाहिरको खर्च गरेको पाइएको छ । बितेको आर्थिक बर्षमा मन्त्रालयले संघीय सरकारको क्षेत्राधिकार भएको कामलाई प्रदेशले खर्च गरेको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

आन्तरिक मामिला मन्त्रालयले संघीय सरकारको स्वीकृति बेगर यो रकममा ६ वटा जीप खरिद गरेको महालेखा परिषकको प्रतिवेदनमा उल्लेख छ । खरिद गरेका जिप मध्यमा ५ वटा बागमती प्रदेशका प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको छ भने अर्को एउटा जिप भीमफेदी कारागारलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्षेत्र बाहिरको खर्च गर्ने परिपाटी नियन्त्रण गर्न महालेखाले सुझाब दिएको छ ।  त्यसैगरी मनसुनजन्य विपद् प्रभावितहरुलाई अनुदान बितरणको काम पनि पारदर्शी ढंगले गर्नका लागि महालेखाले निर्देशन दिएको छ ।

यस सम्वन्धमा महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन यस्तो छ ।

राजनीति