सरकार ५ वर्ष नै चल्ने प्रधानमन्त्री प्रचण्डकाे दाबी

 चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पाँचै वर्ष चल्ने दाबी गरेका छन् ।

सोमबार बिहान चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सरकारमा सहभागी हुन आग्रह समेत गरेका छन् ।

उनले जुनसुकै भ्रष्टाचारका फाइल खोल्न आफू तयार रहेको बताउँदै सभापति लामिछानेलाई सरकारमा आउन आग्रह गरेका हुन् । उनले भने,‘सरकारमा आउनुस् भ्रष्टाचारको कुनचाहिँ फाइल खोल्नु पर्‍यो म खोल्न तयार छु ।’

यसअघि सभापति लामिछानेले सरकारले भ्रष्टाचारका फाइल खोल्न तयार नभएकोले समर्थन समेत फिर्ता लिने बताएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिने बारे निर्णय गर्न रास्वपाले आज केन्द्रीय समितिको बैठक बोलाएको छ ।

राजनीति