हेटौंडामा सर्पको टोकाइबाट एकजनाको मृत्यु

हेटौंडा । हेटौंडामा सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको छ ।

आज हेटौंडा–१९ बस्तीपुरमा विषालु सर्प खेलाउने क्रममा ३५ वर्षीय सोनु कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार कँडेलले घर नजिकै रहेको जङ्गलबाट आफैँले सर्प ल्याएका थिए । उक्त सर्प खेलाउने क्रममा सर्पले दाहिने हातको माझी औँलामा टोक्दा गम्भीर बिरामी भई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक कार्कीले जानकारी दिए ।

कँडेलले कहिलेदेखि सर्प घरमा ल्याएका थिए र उक्त सर्प कुन जातको थियो भन्ने बारे खुल्न सकेको छैन ।

समाज