रेड‌क्रस सोसाइ‌टी पालुङ उपशाखाको सभापतिमा विडारी

नेपाल रेड‌क्रस सोसाइ‌टी पालुङ उपशाखाको सभापतिमा केदारप्रसाद विडारी चयन भएका छन् । उपशाखाको निर्वाचन‌बाट बिडारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।  
उपशाखाको उपसभापतिमा सावित्री ढकाल, सचिवमा राजुप्रसाद ढकाल, कोषाध्यक्षमा राजनप्रसाद ढकाल, उप-सचिव राजन‌प्रसाद विडारी रहेका छन् । 
त्यस्तै, उप-कोषाध्यक्षमा मिनप्रसाद ढकाल, महिला सदस्य तुलसा बिष्ट, सदस्यमा गोपाल प्रसाद ढकाल र विष्णुप्रसाद ढकाल रहेका छन् ।

समाज