नेपालबाट देखिँदैन आजको चन्द्रग्रहण, बार्नु पर्दैन

शुक्रबार चन्द्रग्रहण लाग्दैछ। यो ग्रहण विशेष प्रकारको भएको खगोलशास्त्रीले बताएका छन्। यसलाई ‘पेनम्ब्रल’ नाम दिइएको छ।

यसमा चन्द्रमामा पृथ्वीको पूरै छाया नभई उपछाया मात्र पर्छ। त्यसैले आज चन्द्रग्रहण लाग्दा चन्द्रमाको आकारमा परिवर्तन आएको नदेखिने खगोलविद्ले जनाएका छन् ।

तर नेपालबाट भने यो ग्रहण देखिने छैन। खगोलविद् जयन्त आचार्यका अनुसार नेपालमा चन्द्रमाको उदय हुँदा ग्रहण सकिई सक्नेछ। त्यसैले यहाँ ग्रहण देखिने छैन।

ग्रहण नदेखिने स्थानमा बार्नु पनि नपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए।

समाचार