ए डिभिजन लिग : आज पनि दुई खेल

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शुक्रबार दुई खेल हुँदैछ।

दोस्रो लिगअन्तर्गत आज सुरु हुने दोस्रो चरणका खेलमा जावालाखेल युथ र एफसी खुमलटारबीच दिउँसो तीन बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतिस्पर्धा हुनेछ।

शीर्षस्थानको जावलाखेल आजको खेलमा खुमलटारलाई पराजित गर्दै दोस्रो स्थानको चर्चब्वाईजसँग अंकदूरी बढाउने लक्ष्यमा छ । जावलाखेलले १४ खेलबाट २४ अंक जोड्दा दोस्रो स्थानको चर्चब्वाइजको पनि समान २४ अंक छ ।

१४ अंकसहित पुछारमा रहेको खुमलटार पनि आजको खेलमा जित निकाल्दै ‘रेलिगेसन जोन’बाट माथि उठ्ने लक्ष्यमा छ।

यस्तै दिउँसो ४ बजे दशरथ रंगशालामा हुने खेलमा नेपाल पुलिस र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ। लामो समय रेलिगेसन जोनमा रहेको पुलिस हाल १५ अंकसहित १२औँ स्थानमा छ।

उसले आजको खेलमा हिमालयन शेर्पालाई पराजित गर्दै कम्तीमा नवौँ स्थान सुरक्षित गर्न चाहन्छ। १७ अंकसहित दशौँ स्थानमा रहेको हिमालय शेर्पा पनि आजको खेलमा जित निकाल्दै ८औँ स्थानमा पुग्ने योजनामा छ।

खेलकुद