बालुवाटारमा देउवा, ओली र प्रचण्ड छलफलमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। तीन नेताबीच बिहान साढे ९ बजेदेखिको छलफल जारी रहेको शर्माले बताए।

संवैधानिक परिषद्को बैठकले सोमबार प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत सिफारिस गरेपछि अहिले नेताहरू फेरि छलफलमा जुटेका हुन् ।

अहिले टीआरसी विधेयक, संवैधानिक परिषद् सम्बन्धी विधेयक र नागरिकता विधेयकका बारेमा उनीहरु छलफलमा जुटेको बुझिएको छ।

राजनीति