चट्याङ लागेर एकजनाको मृत्यु

दार्चुलामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।

जिल्लाको शैल्यशिखर नगरपालिका–३ दुवेडीका अन्दाजी १५ वर्षीय नरेश खत्रीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।दार्चुलामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।

चट्याङ लागेर नरेशकी आमा अन्दाजी ३९ वर्षीया मीना खत्री र ३० वर्षीय कुमार खत्री घाइते भएका छन्।  सोमबार साँझ साढे ६ बजेतिर उनीहरूलाई चट्याङ लागेको थियो।

चिउरी रुखमा चट्याङ परेको र रुख नजिकै खेतमा काम गरिरहेका वेला उनीहरूलाई चट्याङ लागेको बताइएको छ।

मीना र कुमारको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको र दुवै जनाको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

समाज