प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस भएका छन् । सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले कार्कीलाई प्रधानन्यायाधीश बनाउन सिफारिस गरेको हो ।

बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए ।

प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय गरे पनि सुनुवाइका लागि संसदीय सुनुवाइ विशेष समिति बनेको छैन । प्रधानन्यायाधीश नियुक्त नहुँदा सर्वोच्च कामुको भरमा चलेको थियो । यसको कानून व्यवसायीहरूले विरोध गर्दै आएका थिए ।

राजनीति