सडेको अवस्थामा दुई जनाको शव फेला

पाल्पा । पाल्पामा झुन्डिएका अवस्थामा दुई जनाको शव फेला परेका छन् । जिल्लाको माथागढी र तिनाउ गाउँपालिकामा सोमबार झुन्डिएको अवस्थामा दुई जनाको शव फेला परेको पाल्पा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, तिनाउ गाउँपालिका–३, झुम्सामा रहेको खुल्खुले सामुदायिक वन क्षेत्रमा र माथागढी गाउँपालिका–५, को सामुदायिक वनमा अर्को एक शव फेला परेको हो ।

दुवै शव सडेगलेको अवस्थामा फेला परेको तथा पोष्टमार्टम र थप अनुसन्धानका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ । दुवैको पहिचान खुल्न नसकेको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

समाज