भेटनरी तथा पशुसेवा बिज्ञ केन्द्र मकवानपुर र चितवनद्वारा २ करोड २९ लाखमा मिलेमतोमा सोझै पशु खरिद

हेटौंडा । भेटनरी तथा पशुसेवा बिज्ञ केन्द्र मकवानपुर र चितवनद्वारा २ करोड २९ लाखमा मिलेमतोमा सोझै पशु खरिद गरेको पाइएको छ । सहकारीलाई रकम निकासा गरेर आफुले तोकिएका फार्महरुबाट पशु खरिद गरिएको पाइएको छ ।

१० लाख रुपैयाँ भन्दा बडी रकमको पशु तथा चौपाया खरिद गर्नका लागि टेण्डर बाट मात्र खरिद गर्ने व्यवस्था रहेको छ । तर, बिना टेण्डर खरिद गरेको भनेर महालेखा परिक्षकको कार्यालयले पश्न गरेको छ । दुइ वटा कार्यालयले होलिस्टीन गाई र मुर्रा भैसी खरिद सोझै गरेको र कानून संगत नदेखिएको महालेखा परिषकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । बितेको आर्थिक वर्षमा गरिएको खरिदको काम कानून संगत नभएको हो ।

भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र चितवनले एक करोड ६६ लाख ७६ हजार रुपैयाँको लागतमा २१४ वटा होलिष्टिन गाइ सिधै खरिद गरेको हो । त्यसैगरी भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द मकवानपुरले ६३ लाख रुपैयाँ लागतमा ४२ वटा मुर्रा भैसी खरिद गरेको थियो । यो खरिदको काम सिधै गरिएको हो ।

यस सम्वन्धमा महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन यस्तो छ ।

समाज