बालबालिकालाइ श्रममा लगाउने हेटौंडाका तीन होटल कारवाहिमा

हेटौंडा– बालबालिकालाई होटेल व्यवसायमा लगाउने हेटौंडाका तिन होटल कारवाहिमा परेका छन् । हेटौंडा–१० बसपार्क क्षेत्रमा रहेका होटलहरुले बालबालिकालाई श्रममा प्रयोग गरेको पाइएपछि हेटौंडा उपमहानगरपालिकाको बालअधिकार समितिबाट गठित बालश्रममा रहेका बालबालिकालाइ उद्धार तथा पुनर्स्थापना गर्ने उपसमितिको क्रियाशिलतामा श्रम कार्यालय हेटौंडाले सोमबार तिन होटललाई कारवाहि गरेको हो ।

कारवाहिमा बसपार्क क्षेत्रमा रहेको धादिङ, डाँफे र गण्डकी होटल परेका छन् । उपसमितिको सदस्य सचिव बालमैत्री नगर सहजकर्ताले दिनुभएको जानकारी अनुसार श्रम कार्यालय हेटौंडाबाट कारवाहीमा धादिङ होटेलले ११ बर्ष उमेरकी बालिकालाई श्रममा लगाएको भन्दै ७ हजार, डाँफे होटेलले १५ बर्षिय बालक र गण्डकी होटेलले १६ बर्षिय बालिकालाई काममा लगाएको भन्दै ३/३ हजार रुपियाँ जरीवाना तिरेका छन् । जरीवाना तिर्दै उनिहरुले आगामि दिनमा होटलमा वालश्रमको प्रयोग नगर्ने प्रतिबद्धता समेत जनाएको बताइएको छ ।

आगामि मंसिर मसान्त सम्म हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणाको तयारीमा रहँदा बैशाख २० गते बसपार्क क्षेत्रका होटलमा बालश्रममा लगाइएकोमा ४ जनाको उद्धार गरीएको थियो ।होटेलबाट गरिएको उद्धार पश्चात बालहेल्पलार्इन १०९८ मा बालबालिकालार्इ राखिएकोमा एक जना जन्मदर्ताका आधारमा उमेर पुगेको देखिएकोले आइतबार नै परिवारमा पुर्नस्थापना भएका छन् भने अन्य तिन जनालाई सोमबार श्रम कार्यालयमा बालश्रमबारे आवश्यक परामर्श सहित परिवारको जिम्मा लगाइएको हो ।

उपमहानगरको नगर बाल अधिकार समिति अन्तरगतको बालश्रमिक उद्दार तथा पुर्न स्थापना उपसमितिको नेतृत्वमा गएको अनुगमन टोलीले बसर्पाकका बिभिन्न तिन होटलबाट कानुनविपरित श्रममा लागिरहेका बालबालिकाहरुको उद्दार गरेको थियो । अनुगमन टोलीले कैलाश गाउँपालिका घर भई विगत १० महिनादेखि बसर्पाकस्थित डाँफे होटलमा काम गरिरहेका १५ वर्षीय बालक, डाँफे होटलबाटै भीमफेदी गाउँपालिका–६, माण्डु घर भएकी १५ वर्षीया बालिका, धादिङ होटल एण्ड लजबाट धादिङको रोराङ गाउँपालिका घर भएकी १३ वर्षीया बालिका र गण्डकी होटल एण्ड लजबाट भीमफेदी–५ सुपिङ घर भएकी १५ वर्षीया बालिकाको उद्दार गरेको थियो ।

बालश्रम ९निषेध र नियमित गर्ने० ऐन २०५६ अनुसार १४ बर्ष भन्दा मुनिका बालवालिकालाई श्रममा प्रयोग गर्न नपाउने व्यवस्था रहेको छ भने १४ देखि १८ बर्ष उमेर समुहका बालबालिकाको हकमा श्रम कार्यालयबाट श्रम अनुमती लिएर मात्र प्रयोग गर्न पाउने प्राबधान रहेको छ । यदी कानुन उल्लंघन गरेमा ३ महिना कैद वा ५० हजार सम्म जरीवाना वा दुबै हुने व्यवस्था छ ।

हेटौंडा उपमहानगरपालिकाले प्रारम्भिक चरणमा संकलन गरेको तथ्याङक अनुसार हेटौंडामा ६३ जना श्रमिक बालवालिका रहेको पाइएको छ । उनिहरुलाई बालश्रममा प्रयोग नगर्नका लागि सम्बन्धित ठाउँमा जानकारी गराइसकेको बताइएको छ । यदी बालश्रमको प्रयोग भएको पाइएमा श्रमिक बालबालिकाको उद्दार तथा रोजगारदातालार्इ जरीवाना सहित कानुनी कारवाही गरीने उपमहानगरले जनाएको छ । उपमहानगरले बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणाको लागि थालेको तयारीमा सबैलाई सहकार्यको लागि आवहन गरेको छ ।

बालश्रम नियमनका लागि हेटौंडा उपमहानगरपालिकाको बालअधिकार समिति अन्तर्गत बालश्रम अनुगमन उपसमितिका संयोजक सुरज बतौंलाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक चुडाकुमारी खड्का, श्रम कार्यालयका भीम शर्मा, जिल्ला प्रशासन कार्यालयका प्रतिनीधि, नगर बालमैत्री सहजकर्ता सपना ढु्ड्डाना, सिविनका झबेन्द्र ज्ञवाली, सामाजसेवी छन् भने उद्धार कार्यमा सिएसी नेपालका कल्याणी बस्नेत, महिला तथा बालबालिका सरोकार केन्द्रका तजविज गर्तौला र टाइनी हेन्सका एलिना स्याङतान समेत रहेका थिए ।

समाज