पाकिस्तानका पूर्व विदेशमन्त्री कुरैशी पनि पक्राउ

– पाकिस्तानमा पूर्व विदेशमन्त्री एवम् पाकिस्तान तहरिक–ए–इन्साफ दलका नेता शाह महमूद कुरैशी पक्राउ पर्नुभएको छ ।

पक्राउ पर्नुअघि उहाँले भिडिओ सन्देशमा पक्राउ परेका पूर्व प्रधानमन्त्री इमरान खान रिहा नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभएको थियो ।

पूर्व प्रधानमन्त्री खानलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेपछि समर्थक र सुरक्षाकर्मीबीच झडपका घटना भैरहेका छन् ।

पछिल्लो तनावमा कम्तीमा १० जनाले ज्यान गुमाएको विवरण प्राप्त भएको बीबीसीले जनाएको छ ।

पाकिस्तानको सेनाले सैन्य अखडा र सार्वजनिक सम्पत्तिमा आक्रमण गर्नेविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

पाकिस्तानको एक अदालतले हिजो पूर्व प्रधामन्त्री खानलाई गैरकानुनी रूपमा उपहार बेचेकोमा दोषी ठहरसमेत गरेको छ । पूर्व प्रधानमन्त्री खान अस्ति पक्राउ पर्नुभएको थियो ।

अन्तराष्ट्रिय