जेठ ६ बाट हेटौंडामा पब्लिक स्पिकिङ हुने

 हेटौंडा । हेटौंडा जेसीजको आयोजनामा यही जेठ ६ गतेबाट पब्लिक स्पिकिङ कार्यक्रम हुने भएको छ । वर्ष सन् २०२० देखि सञ्चालन हुँदै आएको यस कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागिएको हो ।
युवाहरुको नेतृत्व विकासमा टेवा पु¥याउने उद्देश्यसहित यस कार्यक्रमलाई निरन्तरता दिइएको हेटौंडा जेसीज अध्यक्ष श्रवणकुमार बर्तौलाले बताए । प्रतिस्पर्धात्मक हुने कार्यक्रम ६ चरणमा हुनेछ । जेठ ६ गतेबाट सुरु हुने कार्यक्रमको पाँचौ चरण जेठ २७ गते हुनेछ । 
भर्चुअल प्रविधिबाट हुने प्रतियोगितामा १६ देखि ४० वर्ष उमेर समूहका युवाहरु सहभागी हुन पाउनेछन् । प्रत्येक चरणको कार्यक्रमबाट उत्कृष्ट २÷२ को बीचमा प्रतिस्पर्धा गराएर विजेता घोषणा गरिनेछ । 
फाइनलको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको निर्णायकमा साहित्यकार घनश्याम घिमिरे, निमेष निखिल र निरा शर्मा तथा हेटौंडा जेसीजका पूर्व अध्यक्ष दीपकराज मिश्र रहने हेटौंडा जेसीजका महासचिव विवेक आनन्द न्यौपानेले बताए । प्रतियोगितामा सहभागी हुन चाहनेले जेठ ५ गतेसम्म फर्म भर्न सक्ने उनले जानकारी दिए ।

समाज