आजबाट हेटौंडाको जेसीज सप्ताह सुरु हुने

 हेटौंडा । हेटौंडा जेसीजको जेसीज सप्ताह आज शनिबारबाट हुँदैछ ।सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज शनिबार बिहान पहिलो कार्यक्रम मनकामना अपहिल साइक्लिङ च्यालेन्ज हुनेछ ।

विभिन्न ७ वटा कार्यक्रम गरी हेटौंडा जेसीजले जेसीज सप्ताह मनाउँन लागेको हो ।

 
यस्तै आइतबार बिहान हेटौंडाको हुप्रचौरमा खुला रक्तदान, जेठ १ गते अन्तर जेसीज वक्तृत्वकला, २ गते अम्विकादेवी कार्की स्मृति हाजिरीजवाफ प्रतियोगिता, ३ गते स्लो मोटरसाइकल चलाउने प्रतियोगिता, ४ गते शैक्षिक सामग्री वितरण कार्यक्रम र ५ गते जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रम हुने हेटौंडा जेसीज अध्यक्ष श्रवणकुमार बर्तौलाले जानकारी दिए । 


जेसीज सप्ताहको मूल कार्यक्रम संयोजक कार्यकारिणी उपाध्यक्ष अमृत बर्तौला र सहमूल कार्यक्रम संयोजकमा उपाध्यक्ष मिलन ढकाल रहेका छन् । मूल कार्यक्रम संयोजक बर्तौलाका अनुसार अपहिल साइक्लिङ च्यालेन्जका प्रथम, द्वित्तीय र तृत्तीय हुनेले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । 


यस्तै अम्विकादेवी कार्की स्मृति हाजिरीजवाफ प्रतियोगिताको प्रथम, द्वित्तीय र तृत्तीय हुनेले क्रमश ः नगद ९ हजार, ६ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । विस्तारै मोटरसाइकल चलाउने प्रतियोगिताको विजेताहरुलाई पुरस्कार स्वरप हेल्मेट प्रदान गरिने उनले बताए ।

समाज