हेटौंडा-१९ स्थित गोलेको गोठमा आगलागी हुदाँ ५ चौपायाको जलेर मुत्यु

हेटौंडा । हेटौंडा-१९ मा आगलागी भएको छ।आइतबार राति मकवानपुर हेटौडा – १९ ठुलो बसेनि स्थित लाल बहादुर गोले को काठ र टिन ले छाएको गोठमा आगलागि भएको हो। 
आगलागीबाट गोठ भित्र रहेको ५ ओटा बाख्रा जलि मरेको २ ओटा गोरु जलि घाइते भएको मकवानपुर प्रहरीले जनाइएको छ ।उक्त आगोलागी घरमा रहेको सामनहरु पुर्ण रुपमा जलेको जनाइएको छ । आगलागीबाट दुई लाख बराबरको क्षेति भएको प्रहरीले जनाएको छ।

समाज