नेपाल प्रेस युनियन मकवानपुरको अध्यक्षमा सुवास बिडारी सर्वसम्मत चयन

हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरको अध्यक्षमा सुवास बिडारी सर्वसम्मत चयन भएका छन् ।

प्रेस युनियन मकवानपुरको आज भएको सातौँ अधिवेशनले बिडारीको नेतृत्वमा १२ सदस्सीय कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले युनियनको उपाध्यक्षमा कपिल खड्का, महिला उपाध्यक्षमा सन्नु रिजाल देवकोटा, सचिवमा बलराम पुडासैनी, सहसचिवमा प्रवेश धिताल (कुन्दन) र कोषाध्यक्ष प्रदीप अधिकारी चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा गणेश दुलाल, कुमारमणि हुमागाइँ, रोशनदिप थापा, सन्देश थिङ, अनिषा थापा र सम्झना थापा चयन भएका छन् ।

समाज