हेटौंडा मेयर कप फुटबल प्रतियोगिता जेठ १५ बाट

हेटौंडा । दोस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगिता जेठ १५ गते बाट हुने भएको छ ।

नगर खेलकुद विकास समितिको व्यवस्थापनमा हुने प्रतियोगिता हेटौंडा-५, पिप्लेस्थित पिप्ले–क्याम्पा रंगशालामा सञ्चालन हुने हेटौंडा उपमहानगरपालिका युवा तथा खेलकुद शाखाका अधिकृत बसन्त कुमार सिटौलाले जानकारी दिए ।

नकआउट चरणमा हुने प्रतियोगिता अन्तर्गत फाइनल खेल जेठ २५ गते हुनेछ ।

प्रतियोगितामा सहभागी हुन उपमहानगरभित्रका सबै वडालाई पत्र पठाइसकेको सिटौलाले जानकारी दिए ।

प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख ५० रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै, सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमलाई ५०-५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीलाई ५-५ हजार रुपैयाँ प्राप्त गर्ने नगर खेलकुद विकास समितिले जनाएको छ ।

खेलकुद