बाढीका कारण बन्द वीपी राजमार्ग खुल्यो, लेदोमा पुरिएका गाडी निकाल्न बाँकी

 बाढीले अवरुद्ध भएको वीपी राजमार्ग खुलेको छ । हिजो बेलुका ८ बजेपछि काभ्रेको रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासमा लेदोसहितको बाढीले राजमार्ग अवरुद्ध भएको थियो ।

लेदोलाई हटाएर रातिदेखि नै गाडीको आवतजावत खुलाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कालढुङ्गामा लेदो माटोले  दुई वटा माइक्रो बस र दुई वटा पिकअप भ्यान गरी चारवटा गाडी पुरेको थियो ।

लेदोसँगै बाढी आएपछि यात्रु र चालक गाडीबाट ओर्लिएर सुरक्षित ठाउँमा गएका थिए । लेदोमा फसेका गाडीलाई डोजरको सहयोगमा निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, लेदोसहितको बाढीले चिउरीबासमा सडकसँगै रहेका क्षेत्रबहादुर लामाको दुई वटा घरमा नोक्सानी पुर्याएकाे छ । 

समाज