मकवानपुरको थाहामा छोटो लुगा लगाएर हिँडेको कुरा काटेको भन्दै कुटपिट

हेटौंडा । छोटो लुगा लगाएर हिँडेको कुरा काटेको भन्दै मकवानपुरको थाहा नगरपालिकामा एक माहिलामाथि निर्घात कुटपिट भएको छ ।

शनिबार साँझ थाहा नगरपालिका १२ तल्लो वसन्त बस्ने २७ वर्षीया शुसिला स्याङ्तानले सोही गाउँकी ३० वर्षीया विनिता मोक्तानमाथि कुटपिट गर्दै गम्भीर घाइते बनाएकी हुन् ।

शुसिलाले छोटो लुगा लगाएर हिँडेको कुरा विनिताले अन्य मानिसहरुसँग कुरा काटेको भन्दै शुसिलाले घरमै पुगेर विनितालाई गम्भीर घाइते हुने गरी कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ ।

घाइते विनितालाई उपचारको लागी काठमाडौंको ट्रमा सेन्टर पुर्‍याएपछि घटना थाहा पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले बताए ।

अहिले विनिताको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । कुटपिट गर्ने शुसिलालाई आइतबार प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ ।-khabarbreak

समाज