राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसमा रक्तदान

हेटौँडा । राष्ट्रिय युवा संघले आफ्नो स्थापना दिवसको अवसर पारेर हेटौँडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । एमाले केन्द्रीय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २१ जनाले रक्तदान गरेको युवा संघका हेटौँडा उपमहानगरपालिका कमिटि अध्यक्ष राजेश नगरकोटीले बताए ।

युवा संघ नेपाल मकवानपुरका अध्यक्ष लक्ष्मण उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघका केन्द्र, प्रदेश तथा जिल्ला तहका नेताहरुको सहभागिता रहेको थियो ।-khabarbreak

समाज