विकास निर्माणको गतिविधि उच्च प्राथमिकतामा : पुर्व मन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेशका पुर्व मन्त्री एका लाल श्रेष्ठले विकास निर्माणको कामलाई उच्च प्राथमिकतामा राखेर कामलाई निरन्तरता दिईएको बताएका छन् । देशमा आर्थिक क्षेत्र धरासयी बनेको समयमा समेत मकवानपुरको विकासमा आफुहरुले ध्यान दिएर काम गरेको भन्दै जनताले विकासको उच्च अपेक्षा लिएर आफुहरुलाई जनप्रतिनिधि बनाएकोले जनअपेक्षालाई ध्यान दिएर कामलाई अघि बढाईएको श्रेष्ठको भनाई रहेको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नंबर १२, सिक्रेनीमा डिप बोरिङ आयोजनाको शिलान्यास गर्दै पूर्व मन्त्री श्रेष्ठले पदमपोखरी क्षेत्रको खेतियोग्य जमिनलाई यस्ताखाले योजनाले सहयोग गर्ने बताए । पदमपोखरी क्षेत्रमा सुख्खाको समस्या रहेको कारण आफुहरुले खानेपानी, सिंचाई योजनालाई प्राथमिकतामा राखेको समेत उनले बताए । उनले भने “यहाँ भौतिक निर्माणका थुप्रै कामहरु छन, त्यसमध्येको सिंचाई, खानेपानी पनि महत्वपूर्ण काम हुन, हामीले यो विषयलाई उच्च प्राथमिकतामा राखेर प्रदेश सरकारसँग बजेट माग गर्नुको साथै पहलकदमी समेत गरेका छौँ ।”

प्रदेश सरकारको २४ लाख ३७ हजार ५ सय, उपभोक्ता समितिको २ लाख ७१ हजार १ सय ५२ रुपैँयाको लागतमा कृषि उत्पादन बृद्धिको लागि सिंचाई कार्यक्रमको नामबाट उपभोक्ता समिति डिप बोरिङको कार्य अघि बढाईएको उपभोक्ता समितिका अध्यक्ष अर्जुनप्रसाद अर्यालले बताए ।-khabarbreak

समाचार