डिजेल र मट्टीतेलको मूल्य घट्यो

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । 
भारतीय आयल कर्पोरेशनले मूल्य घटाएर पठाएपछि निगमले पनि मूल्य घटाएको हो ।
निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाउने निर्णय गरेको छ । अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ हुनेछ । 
पेट्रोलको मूल्य भने स्थिर रहँदै प्रतिलिटर १७५ रुपैयाँ छ ।

समाज