विश्व वातावरण दिवसको अवसरमा ३८ जनाद्वारा रक्तदान

हेटौंडा- विश्व वातावरण दिवस- २०८० को अवसरमा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा र वडा समन्वय समिति हेटौंडा १९ को संयुक्त आयोजनामा हेटौंडा-१९ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

वडा समन्वय समितिका अध्यक्ष देवेन्द्र अर्यालको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष नरनाथ सुबेदिको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुब प्रसाद अधिकारीको विषेश आतिथ्यता रहेको थियो ।

रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका थिए ।

समाचार समाज