मगर जाति मध्ये ‘पुन’ को छुट्टै तथ्यांक : मगर संघको घोर आपत्ती

काठमाडौं- राष्ट्रिय तथ्यांक कार्यालयले चरम मनोमानी पुर्बक  मगर जाति मध्ये ‘पुन’ को छुट्टै तथ्यांक सार्बजनिक गरेको छ | कार्यालयले सार्बजनिक गरेको जातिगत तथ्यांकमा मगरहरुको मुख्य थरहरुमध्येकै पुनमगरको छुटै तथ्यांक सार्बजनिक गरेको हो |

उक्त तथ्यांक अनुसार पुनको संख्या ९८२७ (०.०३%) छुटै सार्बजनिक गरेको छ | पुन थर पनि मगरहरुको प्रमुख थर हो यो| पुन थरमा करिब १६४ उपथारहरु रहेकाछन् | राष्ट्रिय तथ्यांक कार्यालयले मनोमानी पुर्बक तथ्यांक सर्बाजनिक गरेपछि ३ दिने अल्टिमेटम सहित नेपाल  मगर संघले बिरोध सहित प्रेसविज्ञप्ति निकालेको छ |

बिज्ञप्तिमा भनिएको छ “सिंगो मगर समुदायको भावना बिपरित र संबैधानिक रुपमा स्थापित आदिबासी जनजाति आयोगको सल्लाहसुझाव लाइ समेत बेवास्ता गरि मनोमानी ढंगले गरेको कार्यप्रति हाम्रो घोर आपती रहेको छ | “

प्रेसविज्ञप्ति-

समाचार समाज