मकवानपुर । आगामी असार १ गते हेटौंडामा राष्ट्रिय कलाकारको साथमा सांगीतिक साँझ र गीतको भिडियो सार्वजानिक हुने भएको छ ।

हेटौंडा बजार लायन्स क्लबद्वारा सांगीतिक साँझ र राष्ट्रिय भावनाले ओतप्रोत भएको राष्ट्रिय गीतको म्युजिक भिडियो सार्वजनिक गरिने क्लबका अध्यक्ष लक्ष्मण कंडेलले जानकारी दिए ।

उनका अनुसार, गायक सुमीत खड्का, लोकदोहोरी गायिका प्रतिमा अर्यालसहित स्थानीय कलाकारहरुको साथमा सांगीतिक कार्यक्रम रहेको छ ।

क्लबका पूर्व अध्यक्ष साहित्यकार माधव बहादुर पोख्रेलको शब्द, शक्ति बल्लभको संगीत र सुमीत खड्काको स्वर रहेको राष्ट्रिय गीतको भिडियो मकवानपुरको गढी दरबार, पुष्पलाल पार्कलगायत विभिन्न पर्यटकीय स्थानहरुमा छायाकंन गरिएको उनले बताए ।

सांगीतिक साँझको लागि एक हजार रुपैयाँको टिकट शुल्क राखिएको र कार्यक्रम पल्पसा सदनमा हुने आयोजकले जनाएको छ ।-tukhabar

समाज