देशको अधिकांश भू–भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

महाशाखाका अनुसार, देशको अधिकांश भू–भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मी बढ्ने छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनुका साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

समाज