आँचलले बृहत साहित्यिक तथा सांस्कृतिक कार्यकम गर्ने

मकवानपुर । आँचल साहित्य कला पुञ्ज मकवानपुरले बृहत् साहित्यिक तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । आँचल मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा आज र भोलि दुई दिन कार्यक्रमको आयोजना गर्ने भएको हो ।

हेटौंडा पाटी प्यालेसमा संचालन हुने कार्यक्रममा आधारभूत तहस्तरीय नृत्य प्रतियोगिता, लैङ्गिक अधिकारसम्बन्धी बहस, साङ्गीतिक कार्यक्रम, हास्यव्यङ्ग्य प्रस्तुति, साहित्यिक बहस, गीत, कविता, गजल, मुक्तक, सूत्र कथा आदि प्रस्तुतिका साथै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको रचना प्रस्तुती रहनेछन् ।

साहित्य तथा कला क्षेत्रमा आबद्ध महिला सर्जकहरू सम्मिलित यस संस्था वि.सं. २०६९ मा महाकाव्यकार मुना अर्यालको अध्यक्षतामा स्थापना भएको हो ।-tukhabar

समाज