सांसद विकास कोष खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद विकास कोषको रुपमा चिनिएको  ‘सांसद पूर्वाधार विकास कार्यक्रम’ खारेजीको मागसहित संकल्प प्रस्ताव दर्ता गराएको छ । रास्वपाका सांसद डोलप्रसाद अर्यालको नेतृत्वमा रास्वपाका सांसदहरुले  कोष खारेजीको मागसहित बिहीवार संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।
२ वर्ष अघिदेखि बटेबाट हटाईएको कोषलाई अहिलेको नीति तथा कार्यक्रममा समेटेको र यसले राष्ट्रको ढुकुटी दोहन हुने भएकाले खारेजीको माग गरिएको उनीहरुको भनार्ई छ । अहिलेको बजेटमा सांसद विकास कोषका नाममा प्रति सांसद ५ करोड विनियोजन गरिएको छ । कोषबाट खर्च हुने रकम दुरुपयोग हुने र विकासको अपेक्षा पुरा नहुने भन्दै यसअघि नै यसको विरोध भएपछि खारेज गरिएको थियो ।

राजनीति