सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाउँदै

लगातार बढ्दै गएको सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड राख्न थालेको छ ।

शुक्रबार पनि सुनको मूल्य ८ सयले बढेर तोलाको एक लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको छ । बिहीबार पनि तोलामा ५ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँमा पुगेको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर आज एक हजार चार सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अर्थ