प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कने

। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदै छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा गत जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कन लागेका हुन् ।

उनी साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । उनले हिजो शुक्रबार उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पुजाअर्चना गरेका थिए 

राजनीति