हेटौंडाबाट मनकामना मन्दिर जाने बाटोको जंगलमा एक शव फेला

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा एक पुरुषको शव फेला परेको छ ।

हेटौंडा-५ राईटोलबाट गढी स्थित मनकामना जाने बाटोको जंगलमा पहिचय नखुलेको अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।

शनिबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको अनुसन्धान भइरहको जिल्ला प्रहरी कायालय मकवानपुरले जनाएको छ ।

समाज